Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • गुप्तचरका एसपीको कोरोनाबाट मृत्यु

    गुप्तचरका एसपीको कोरोनाबाट मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १ कार्तिक २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका एक एसपीले कोभिड–१९ का कारण ज्यान गुमाएका छन् ।

    बागमती प्रदेश कार्यालयमा कार्यरत एसपी रामहरि शर्माको शुक्रबार मृत्यु भएको हो ।



    समयमा उपचार नपाउँदा उनको मृत्यु भएको विभागका एक कर्मचारीले भए । कोरोना पोजिटिभ देखिएपछि उनी घरमै आइसोालेसनमा बसेका थिए । श्वास फेर्न गाह्रो भएपछि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो ।



    ‘सुरुमै अस्पताल लैजान सकिएको भए उहाँलाई बचाउन सकिन्थ्यो,’ विभागका एक कर्मचारीले भने,‘तर, श्वास फेर्न गाह्रो भएपछि मात्र अस्पताल भर्ना गर्ने भन्ने रहेछ, जसकारण उपचार नपाएर उहाँको मृत्यु भयो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार