Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • हुम्ला प्रकरण: ‘सरकारले आफ्नो भूमि समेत दाबी गर्न सकेन’

    हुम्ला प्रकरण: ‘सरकारले आफ्नो भूमि समेत दाबी गर्न सकेन’

    अनलाइन नेपाल
  • शनिबार, १ कार्तिक २०७७
  • 2.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले आफ्नो भूमि समेत दाबी गर्न नसकेको बताएका छन् ।

    हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्र मन्त्री समेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले भूमि मिचिएकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएको उनले बताएका छन् ।



    नागार्जुन नगरपालिकाले सिउचाटारमा निर्माण गरेको ओपन फिटनेस पार्कको शनिबार उदघाटन गर्दै नेता सिंहले भने, ‘आफ्नो राष्ट्रको भूभाग संरक्षण गर्दै सरकारले सुरक्षा दिन सक्ने कि नसक्ने जस्तो भान जनतालाई भइरहेको छ । यो दुर्भाग्य हो ।’ पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले सरकारको परराष्ट्र नीति सन्तुलित नदेखिएको समेत बताए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार