गण्डकीमा थप ३० जना नयाँ संक्रमित थपिए::Best Online News Portal of Nepal

गण्डकीमा थप ३० जना नयाँ संक्रमित थपिए

गण्डकीमा थप ३० जना नयाँ संक्रमित थपिए

अनलाइन नेपाल
  • शनिबार, कार्तिक १ २०७७

  • 779
    SHARES

  • गण्डकीमा थप ३० जना नयाँ संक्रमित थपिए

    गण्डकी । गण्डकीमा थप ३० जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५५७७ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३० जना संक्रमित थपिएका हुन् ।

    सबै संक्रमितहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेजको फिभर क्लिनिकबाट पहिचान भएका हुन् ।

    संक्रमितमध्ये बागलुङ जैमिनीका दुबैजना संक्रमित जिल्लाको कुस्मीशेरा आईसोलेसनमा बसेका छन् भने अन्य जिल्लाका सबै संक्रमितहरुलाई आईसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार