Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • काठसहित एकजना पक्राउ

    काठसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १ कार्तिक २०७७
  • 3.4K
    SHARES

    फाइल तस्बिर

    रौतहट । रौतहटको गजरा नगरपालिका स्थित अवैध सालको काठसहित एकजना पक्राउ परेका छन् । गुजरा– ५ का मुस्लिम मियां धुनिया १५ क्युफिट सालको काठसहित पक्राउ परेको चोंचा सव–डिभिजन बन कार्यालयका प्रमुख राजेश साहले बताएका छन् ।

    राष्ट्रिय बनबाट अवैधरूपमा सालको काठ ल्याएर भण्डारण गरेको सूचनाको आधारमा शुक्रबार राति धुनियाको घरमा खानतलासी गर्दा उक्त परिणामको काठ बरामद भएको प्रमुख साहले जानकारी दिए । बरामद काठ र आरोपि मुस्लिम मियां धुनिया लाई चोंचा बन कार्यालयको नियन्त्रणमा राखेर थप अनुसंधान भइरहेको डिभिजन बन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहले बताए ।



    पछिल्लो एक महिनाभित्र सब डिभिजन बन कार्यालय चोंचाले ६५ क्युफिट सालको गोलिया काठ र ८ वटा साईकल बरामद गरेको छ । बर्सेनि चांडपर्वको बेलामा बन सुरक्षाकर्मी बिदामा घर गएपछि तस्करहरुले तिब्ररुपमा काठ चोरी निकासी गर्दछन् । तर यसपटक बडादशैं र आउन लागेको दिपावली तथा छठपर्वमा बनको सुरक्षार्थ बिशेष सुरक्षा योजना जारीगरेको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार