Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आइपिएल : मुम्बई शीर्षस्थानमा उक्लियो

    आइपिएल : मुम्बई शीर्षस्थानमा उक्लियो

    अनलाइन नेपाल
  • शनिबार, १ कार्तिक २०७७
  • 2.9K
    SHARES

    एजेन्सी– साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राती सम्पन्न आइपिएलको ३२ औं खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सललाई ८ विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । जितका लागि १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १६.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो ।

    मुम्बईको जितमा ओपनर तथा विकेटकिपर क्विन्टन डी कक ४४ बलमा ९ चौका र ३ छक्का सहित ७८ रनमा अविजित रहे । हार्दिक पान्ड्या २१ रनमा अविजित रहे । हार्दिकले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।



    मुम्बईलाई ओपनर रोहित शर्मा र डी ककले १०.३ ओभरमा ९४ रनको साझेदारी गर्दै सहज जिततर्फ डोर्याएका थिए । रोहित शिवम माभीको बलमा दिनेश कार्तिकबाट ३६ बलमा ५ चौका र १ छक्का सहित ३५ रनमा क्याच आउट भए । १४ औं ओभरको तेस्रो बलमा स्पिनर बरुणचक्रवर्तीले सूर्यकुमार यादवलाई १० रनमा बोल्ड आउट गरे । कोलकाता लागि शिवम माभी र बरुण चक्रवर्तीले एक एक विकेट लिए ।



    त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो । खराब सुरुवात गरेको कोलकातालाई तीव्र गतिका बलर प्याट कमिन्सले तल्लोक्रममा ३६ बलमा ५ चौका र २ छक्का सहित ५३ रनको अविजित उत्कृष्ट अर्ध शतकीय इनिङ खेले । नवनियुक्त कप्तान ओईन मोर्गनले २९ बलमा २ चौका र २ छक्का सहित ३९ रनको जिम्मेवारी उत्कृष्ट कप्तानी इनिङ खेले ।

    एक समय ११ ओभरमा ६१–५ को कमजोर अवस्थामा रहेको कोलकातालाई छैटौं विकेटका लागि मोर्गन र प्याट कमिन्सले ५६ बलमा ८७ रनको अविजित महत्वपूर्ण साझेदारी गर्दै मध्यम योगफल सम्म पुर्याउन सफल भएका हुन् । तीव्र गतिका बलर ट्रेन्ट बोल्टको तेस्रो ओभरको अन्तिम बलमा प्वाइन्टमा सट खेलेका ओपनर राहुल त्रिपाठीलाई सूर्यकुमार यादवले ७ रनमा उत्कृष्ट क्याच लिदै पहिलो सफलता दिलाए ।

    नाथन कुल्टर नाइलको छैटौं ओभरको तेस्रो बाउन्सर बलमा डर्थम्यानमा सट खेल्ने क्रममा एज लागेर नितेश राणा विकेटकिपर क्विन्टन डी ककबाट ५ रनमा क्याच आउट हुन पुगे । स्पिनर राहुल चहरको आठौं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका ओपनर सुभमन गिल लङअनमा काइरन पोलार्डबाट २१ रनमा समातिन पुगे । गिलले २३ बलमा २ चौका प्रहार गरे ।

    लगत्तै अर्को बलमा दिनेश कार्तिक ४ रनमा बोल्ड आउट भएपछि कोलकाता कमजोर अवस्थामा पुगेको थियो । जस्प्रित बुमराहको ११ औं ओभरको चौथो बलमा आन्द्रे रसेल डी ककबाट १२ रनमा क्याच आउट भएपछि कोलकाता ६१–५ को कमजोर अवस्थामा पुगेको थियो ।

    स्पिनर राहुल चहरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । नाथन कुल्टर नाइलले ४ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए । मुम्बईले अव आइतबार किंग्स इलेभेन पन्जाबसँग खेल्नेछ । कोलकाताले आइतबार सनराइजर्स हैदराबादसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार