Online Nepal
  • बुधबार, २ माघ २०८१
  • एकैदिनमा कोरोनाको पोजेटिभ र नेगेटिभ रिपोर्ट आएपछि युवासंघ संयोजक तनावमा

    एकैदिनमा कोरोनाको पोजेटिभ र नेगेटिभ रिपोर्ट आएपछि युवासंघ संयोजक तनावमा

    अनलाइन नेपाल
  • शुक्रबार, ३० असोज २०७७
  • 4K
    SHARES

    काठमाडौं । कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि संक्रमितहरु स्वतः आत्तिने गर्दछन् । तर पहिलो परीक्षणमा पोजेटिभ रिपोर्ट देखिएपछि पुनः शंका लागेर रिपिट टेष्ट गर्दा नेगेटिभ आएका घटना पनि देखिएका छन् । पोजेटिभ रिपोर्ट आएलगत्तै परीक्षण गर्दा नेगेटिभ देखिएपछि संक्रमितमै अन्यौल सृजना भएको छ ।

    पोजेटिभ रिपोर्ट आएका कारण संक्रमित मात्र होइन, उसका परिवार र उसँग सम्पर्क भएकाहरुमा पनि तनाव सृजना हुन्छ । यस्तै तनावको शिकार भएका छन्–युवासंघ नेपालका संयोजक रामप्रसाद सापकोटा‘दिपशिखा’ । दिपशिखाले दिएको स्वाबको रिपोर्ट पोजेटिभ देखिएको थियो ।



    उनलाई युवासंघका पदाधिकारी र केन्द्रीय सदस्यहरुले स्वास्थ्यलाभको कामना पनि गरे । युवासंघ केन्द्रीय सदस्य विपिन ढकालले त सामाजिक संजालमै सापकोटाको फोटो राखेर स्वास्थ्यलाभको कामना गर्दै स्टाटस नै राखेका थिए ।



    शुक्रबार बिहान रिपोर्ट पाएका उनमा कुनै लक्षण नभएकाले पुनः परीक्षण गरे । लक्षण केही नदेखिएका कारण बिहान आएको रिपोर्टमा चित्त नबुझी उनले रिपिट टेष्ट गराएका थिए । रिपिट टेष्टको रिपोर्ट नेगेटिभ आयो ।

    यसले कोरोना परीक्षणको रिपोर्ट पनि एक दिनमै फरक फरक देखाउने गरेको पाइएको छ । संयोजक सापकोटाले सामाजिक संजाल फेसबुकमा शुक्रबार साँझ लेखेका छन्– मेरो पहिलोमा सस्पेन्स (पोजेटिभ) र आजै रिपिट टेस्ट गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराएँ । दिनभर तनाव र भ्रम पर्न गएकोमा क्षमाप्रार्थी छु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार