Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सल्यानमा आफ्नै भाइले गरे दाजुकाे हत्या

    सल्यानमा आफ्नै भाइले गरे दाजुकाे हत्या

    अनलाइन नेपाल
  • शुक्रबार, ३० असोज २०७७
  • 5.5K
    SHARES

    प्रतिकात्मक तस्विर

    सल्यान । सल्यानमा आफ्नै भाइले दाइको हत्या गरेका छन् । वनगाड कुपिण्डे नगरपालिका-१० थापाचौरमा दाउरा प्रहार गरी बिहीबार राति भाइले दाइको हत्या गरेको अभियोग लगाइएको छ ।

    थापाचौरका २० वर्षीय देवीलाल पुनले आफ्नै दाइ २४ वर्षीय अम्मरको हत्या गरेको बनगाड कुपिण्डे-१० का वडाध्यक्ष मानसिंह पुरीले जानकारी दिए । मदिरा सेवन गरेका भाइले दाउरा प्रहार गरी हत्या गरेको अभियोग लगाइएको छ ।



    बिहीबार साँझ देवीलालले दाइको हत्या गरेर शव गाउँ नजीकैको जोगेन्द्र भन्ने जङ्गलको ओडारमा फालिएको अवस्थामा स्थानीयवासीले आज फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घरमा दाइ एक्लै भएका बेला हत्या गरी देवीलाल फरार भएको वडाध्यक्ष पुरीले जानकारी दिए ।



    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण वलीका अनुसार हत्या गरेको जानकारी भएको खबर आएपछि प्रहरी पुगेर अनुसन्धान शुरु गरेको बताए । प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाई शव परीक्षणका लागि सल्यान अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीको जनाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार