Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • भक्तपुर इन्काउन्टरमा एसपीसहित ६ जनालाई कारबाही गर्ने आयोगको निर्णय

    भक्तपुर इन्काउन्टरमा एसपीसहित ६ जनालाई कारबाही गर्ने आयोगको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, ३० असोज २०७७
  • 5.6K
    SHARES

    काठमाडौं । भक्तपुर इन्काउन्टर प्रकरणमा मानव अधिकार आयोगले ६ जना प्रहरीमाथि कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

    आयोगको बुधबार बसेको बैठकले तत्कालीन महानगरीय अपराध महाशाखाबाट खटिएका अधिकृतलाई दोशी देखाउँदै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।



    बैठकले महाशाखाका एसपी,डीएसपीसहित ६ जनालाई कारबाही गर्ने निर्णय गरेको छ । आयोगले ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा महाशाखाले गरेको इन्काउन्टरमा अजय तामाङ र गोपाल तामाङको हत्या भएको निष्कर्ष निकालेको छ ।



    आयोगले विप्लव समूहका नेता कुमार पौडेलको इन्काउन्टरमा पनि प्रहरीलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार