Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्रोएसिया पठाउने भन्दै नक्कली भिसा देखाएर लाखौं ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं। महानगरिय अपराध महाशाखाले क्रोएसियामा रोजगारीका लागि पठाउने भन्दै नक्कली भिसा देखाएर  ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सप्तरी घर भइ काठमाडौं बस्ने मोहम्बद सहजाद आलम र सिन्धुली घर भइ काठमाडौं बस्ने सुक्मान वाइबा रहेका छन्।

उनीहरुले नौ जना व्यक्तिहरुसँग प्रतिव्यक्ती ३ लाख ७ हजारका दरले ठगी गरेको खुलेको छ।

पक्राउ परेका दुबै जनालाई थप कारवाहीका लागि महानगरिय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077