नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण::Best Online News Portal of Nepal

नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

अनलाइन नेपाल
  • बिहिबार, असोज २९ २०७७

  • 1.7K
    SHARES

  • नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

    काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गरेका थिए ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उनीहरुलाई मन्त्री नियुक्त गरेकी थिइन् ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार