Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सिरहामा ४५ उद्योगको दर्ता खारेज

    सिरहामा ४५ उद्योगको दर्ता खारेज

    अनलाइन नेपाल
  • बिहिबार, २९ असोज २०७७
  • 4.5K
    SHARES

    सिरहा । घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले आर्थिक वर्ष २०७६/७७ मा सप्तरीका ४५ वटा उद्योगको दर्ता खारेज गरेको छ । लामो समयसम्म नवीकरण नगराएका र कुनै कारोबारसमेत नगरेको भन्दै घरेलु तथा साना उद्योग कार्यालय लहानले ४५ वटा उद्योगको दर्ता खारेज गरेको जनाएको छ ।

    दर्ता गराएर पनि लामो समयसम्म नवीकरण नगराउने र कुनै कारोबार नगर्ने उद्योगको दर्ता खारेज गरिएको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए ।



    त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा सो कार्यालयमा एक हजार १४४ नयाँ उद्योग दर्ता भएको र ४४५ उद्योगको नवीकरण गरिएको समेत प्रमुख यादवले बताए । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा सो कार्यालयले ३० उद्योगको दर्ता खारेज गरेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार