Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आइपिएल : दिल्ली शीर्षस्थानमा उक्लियो

    आइपिएल : दिल्ली शीर्षस्थानमा उक्लियो

    अनलाइन नेपाल
  • बिहिबार, २९ असोज २०७७
  • 2.1K
    SHARES

    एजेन्सी । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

    बुधबार राती सम्पन्न आइपिएलको ३० औं खेलमा दिल्लीले राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै मुम्बई इन्डियन्सलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिन सफल भएको हो । १ सय ६२ रनको मध्यम लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रन बनायो ।



    राजस्थानलाई जितको लागि अन्तिम १८ बलमा २९ रन आवश्यक रहेको थियो । १८ औं ओभरमा एनरिच नोर्टजेले एक विकेट लिदै ४ रन खर्चेका थिए । १९ औं ओभरमा कागिसो रबाडाले तीन रन खर्चेर १ विकेट लिएपछि नतिजा दिल्लीको पक्षमा गएको थियो । अन्तिम ओभरमा राजस्थानलाई २२ रन चाहिँएको थियो । डेब्यु खेल खेलि रहेका तुषारदेशपान्डेले एक विकेट लिदै ८ रन खर्चिदै रोमाञ्चक जित पक्का गराए ।



    राजस्थानलाई ओपनर जस बटलर र बेन स्टोक्सले ३ ओभरमा ३७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तेस्रो ओभरको अन्तिम बलमा एनरिच नोर्टजेले बटलरलाई २२ रनमा बोल्ड गर्दै पहिलो सफलता दिलाए । बटलरले ९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । चौथो ओभरको अन्तिम बलमा रविचन्द्रन आश्विनले कप्तान स्टिभ स्मिथलाई एक रनमा आफ्नै बलमा क्याचआउट गरे ।

    ११ औं ओभरको दोस्रो बलमा डेब्यु खेल खेलेका तुषार देशपान्डेले बेन स्टोक्सलाई वैकल्पिक फिल्डर ललित यादवबाट ४१ रनमा क्याच गराउँदै आफ्नो पहिलो विकेट लिए । स्टोक्सले ३५ बलमा ६ चौका प्रहार गरे । १२ औं ओभरको चौथो बलमा अक्षर पटेलले सन्जु स्यामसनलाई २५ रनमा बोल्ड आउट गरेपछि दिल्ली खेलमा फर्किने संकेत दिएको थियो । स्यामसनले १८ बलमा २ छक्का प्रहार गरे ।

    लगत्तै १४ औं ओभरको दोस्रो बलमा रियान पराग एक रनमा रन आउट भएपछि राजस्थान समस्यामा परेको थियो । १८ औं ओभरको तेस्रो बलमा नोर्टजेले रोबिन उथप्पालाई योर्कर बलमा ३२ रनमा बोल्ड आउट गरे । उथप्पाले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । राहुल टेवाटिया १४ रनमा अविजित रहे । कप्तान श्रेयस ऐर पाँचौ ओभरको अन्तिम ओभरमा फिल्डिङ गर्नेक्रममा काँधमा चोट लागेपछि दिल्लीको कप्तानी शिखर धवनले गरेका थिए ।

    एनरिच नोर्टजेले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । रविचन्द्रन आश्विनले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । तुषार देशपान्डेले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । अक्षर पटेटले एक विकेट लिए ।

    त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनाएके थियो । दिल्लीलाई मध्यम योगफलमा पुर्याउन कप्तान श्रेयस ऐर र शिखर धवनले अर्धशतकीय इनिङ खेले । धवनले ३३ बलमा ६ चौका र २ छक्का सहित ५७ रनको महत्वपूर्ण योगदान दिए । ऐरले ४३ बलमा ३ चौका र २ छक्का सहित ५३ रनको योगदान दिए ।

    दिल्लीको सुरुवात भने खराब रह्यो । पहिलो ओभरको पहिलो बलमै ओपनर पृथ्वी शालाई जोफ्रा आर्चरले बोल्ड गर्दै गोल्डेन डकमै पेभिलिएन फर्काएका थिए । आर्चरलेनै तेस्रो ओभरको तेस्रो बलमा अजिंक्या रहाणेलाई रोबिन उथप्पाबाट दुई रनमा क्याच आउट गराएपछि दिल्ली १०–२ को कमजोर अवस्थामा पुगेको थियो ।

    तेस्रो विकेटका लागि ऐर र धवनले ८५ रनको उत्कृष्ट साझेदारी गर्दै दिल्लीलाई खेलमा फर्काएका थिए । यी दुई खेलाडीबीचको साझेदारी १२ औं ओभरको चौथो बलमा स्पिनर श्रेयस गोपालले तोड्न सफल भएका थिए । गोपालको बलमा धवन कार्तिक त्यागीबाट क्याच आउट भए । टप एज लागेर थर्डम्यानमा क्याच आउट हुन पुगेका थिए ।

    कार्तिक त्यागीको १६ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका ऐर लङ अफमा जोफ्रा आर्चरबाट क्याच आउट हुन पुगे । ऐर र मार्कस स्टोइनिसले चौथो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए ।

    आर्चरको १९ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका मार्कस स्टोइनिस १८ रनमा मिड विकेटमा राहुल टेवाटियाबाट क्याच आउट हुन पुगेका थिए । आर्चरको बाउन्सर बलमा ठूलो सट खेल्न खोजेपनि स्टोइनिस सफल हुन सकेनन् । एलेक्स केरी १४ र अक्षर पटेल ७ रनमा क्याच आउट भए ।

    राजस्थानका लागि जोफ्रा आर्चरले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । श्रेयस गोपालले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । जयदेव उनादकटले ३ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । दिल्लीले आफ्नो नवौं खेल आगमी शनिवार चेन्नई सुपर किंग्ससँग शारजाहमा खेल्ने छ । राजस्थानले आफ्नो नवौं खेल शनिवारनै रोयल च्यलोन्जर्स बेंगलोरसँग खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार