काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । थप भएका मन्त्री ओलीनिकट हुन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ। रक्षा मन्त्रालय ओली आँफैले राखेका छन् ।
कतिपयले पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिएर थप शक्तिशाली बनाइएको टिप्पणी गरे पनि उनको जिम्मेवारी नै खोसिएको हुँदा बर्खास्तमा परेको बुझिएको छ।
पछिल्लो समय पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भएको बिबादका कारण प्रधानमन्त्री ओलीमाथि पोखरेललाई हटाउन दबाब परेको थियो।
अर्थमन्त्रीमा पार्टीका महासचिव विष्णु पौडेल, सहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ, संचार मन्त्रीमा पार्वत गुरुङ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीलानाथ श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
Leave a Reply