Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • ब्यारेकभित्रै झुन्डिएको अवस्थामा भेटिए सैनिक जवान

    ब्यारेकभित्रै झुन्डिएको अवस्थामा भेटिए सैनिक जवान

    अनलाइन नेपाल
  • बुधबार, २८ असोज २०७७
  • 6.6K
    SHARES

    भक्तपुर । भक्तपुरकाे सूर्यविनायकस्थित वीरदल गणमा एक सैनिक जवान मृत भेटिएका छन्।

    २३ वर्षीय सैनिक अनुज केसी मृत भेटिएका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिए ।



    काठमाडौं दक्षिणकाली नगरपालिका-६ स्थायी घर भएका केसीको शव झुन्डिएको अवस्थामा बुधबार फेला परेको प्रहरीले जनाएकाे छ ।



    आज बिहान डियुटीको समयमा नआएपछि खोजी गर्दा ब्यारेकको कम्पाउण्डभित्र रहेको बाथरुममा उनी झुन्डिएको अवस्थामा फेला परेका थिए ।

    झुन्डिएको अवस्था शव फेला परेका केसीले बुधबार बिहान १:५५ मिनेटमा परिवारका सदस्यलाई आफ्नो मोबाइलबाट सन्देश पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार