Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • तीन दशकपछि हत्यामा संलग्न प्रतिवादी पक्राउ

    तीन दशकपछि हत्यामा संलग्न प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २८ असोज २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । प्रहरीले ३० वर्षअघि हत्या गरेर फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ । प्रदेश–२ प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय सिम्रौनगढले श्यामकिशोर प्रसाद कुशवाहालाई पक्रेको हो ।

    श्यामकिशोर समेतले मिलेर ०४४ भदौ १२ मा सिम्रौनगढ–६ कोहपुर बस्ने जयमंगल प्रसादको हत्या गरेका थिए । सो मुद्दामा सिम्रौनगढ–७ बस्ने श्यामकिशोरलाई बारा जिल्ला अदालतले ०४७ असोजमा १० बर्ष कैद साजय हुने फैसला गरेको थियो । 



    ३० वर्षदेखी फरार उनी भारतमा लुकेर बसेको प्रदेश–२ प्रहरी कार्यालयले जनाएको छ । बुधवार प्रहरीले उनलाई सिम्रौनगढ नगरपालिका–२ स्थित नेपाल भारत सिमानाबाट पक्राउ गरेको हो । हत्यामा संलग्न आरोपीविरुद्ध बज्रकिशोर प्रसाद कोईरीको जाहेरी र प्रहरी अनुसन्धानपछि अदालतले फैसला सुनाएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार