Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • १० वर्ष सजाय सुनाइएका अभियुक्त ३० वर्षपछि पक्राउ

    १० वर्ष सजाय सुनाइएका अभियुक्त ३० वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २८ असोज २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । कर्तव्य ज्यान मुद्दामा अदालतले १० वर्ष सजाय सुनाएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

    ३० वर्षदेखि फरार रहेका अभियुक्त बारा सिम्रौनगढ नगरपालिका-७ का श्याम किशोर प्रसाद कुशवाहलाई प्रहरीले पक्राउ गरेको हो।



    उनलाई प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले बुधबार पक्राउ गरेको हो।



    उनलाई नेपाल-भारत सिमाक्षेत्र सिम्रौनगढ-२ बाट पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताए।

    सोही नगरपालिका-६ का जयमंगल प्रसादको २०४४ साल असोज १२ गते हत्या भएको थियो। सो हत्यामा बारा जिल्ला अदालतले २०४७ साल असोज २८ गते कुशवाहलाई १० वर्ष कैद सजाय सुनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार