Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • थप २६ सय ३८ जनामा काेराेना संक्रमण पुष्टि, २ हजार १७४ जना डिस्चार्ज

    थप २६ सय ३८ जनामा काेराेना संक्रमण पुष्टि, २ हजार १७४ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, २८ असोज २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपालमा आज २ हजार ६३८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख १७ हजार ९९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।



    यस्तै बितेको २४ घण्टामा २ हजार १७४ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् ।

    याेसँगै हालसम्म निको हुनेको कुल संख्या ८० हजार ९५४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ६७५ पुगेको छ।

    यस्तै हिजाे साेमबार एकैदिन ३ हजार ५५६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार