नेप्सेकाे ओरालो यात्रा कायमै, आज ७.४२ अंकले घट्यो::Best Online News Portal of Nepal

नेप्सेकाे ओरालो यात्रा कायमै, आज ७.४२ अंकले घट्यो

नेप्सेकाे ओरालो यात्रा कायमै, आज ७.४२ अंकले घट्यो

अनलाइन नेपाल
  • बुधबार, असोज २८ २०७७

  • 665
    SHARES

  • नेप्सेकाे ओरालो यात्रा कायमै, आज ७.४२ अंकले घट्यो

    काठमाडौं । नेप्से परिसूचक ७.४२ अंकले घटेर १५६१.१७ बिन्दुमा पुगेको छ ।

    १९५ कम्पनीको १ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

    ५२ लाख ९१ हजार ३ सय १४ कित्ता सेयर खरिदबिक्री भएका छन् । होटेल बाहेक कारोबारमा आएका सबै समूहका सूचक घटेका छन् । वाणिज्य बैंक समूहको सूचक ३.५९ अंकले घटेको छ ।

    सानिमा बैंकको सबैभन्दा धेरै ७ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी ९.८४ प्रतिशतले कमाएका छन ।

    नेपाल फाइनान्सको पनि भाउ ९.७५प्रतिशतले बढेको छ । घलेम्दी हाइड्रो पावरको भाउ सबैभन्दा बढी ७.२६ प्रतिशतले घटेको छ ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार