Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • सर्वोच्चको अन्तरिम आदेश: लोकसेवा आयोगको विज्ञापन रोक्नु

    सर्वोच्चको अन्तरिम आदेश: लोकसेवा आयोगको विज्ञापन रोक्नु

    अनलाइन नेपाल
  • बुधबार, २८ असोज २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । लोकसेवा आयोगको विज्ञापन रोक्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

    आयोगले अाउँदाे असोज २९ गतेका लागि प्रकाशित गरेको नेपाल विविध सेवा समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको लागि आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्तिका लागि गरेको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको हो।



    लिखित परीक्षामा प्रतिस्पर्धात्मक रूपमा सामेल भई उत्तीर्ण भएका तीन जना अन्तर्वार्ताको लागि सिफारिस भएका थिए। २०७७ असार ३१ गते अन्तर्वार्ताको लागि मिति तोकिएको थियो तर देशभर कोरोना भाइरसका कारण लकडाउन भएकाले अन्तर्वार्ता स्थगनको सूचना जारी भयो। स्थगित भएको परीक्षा असोज २९ गते गर्ने भनी लोकसेवा आयोगले सूचना जारी गर्‍यो।



    यसरी लिखितमा नाम निस्केनेमध्येका एक जना प्रतिस्पर्धी रमेशराज सुवेदी कोरोना संक्रमित भए। कोरोना संक्रमित भएर आइसोलेनमा बसेको समयमा लोकसेवाले नयाँ परीक्षाको सूचना जारी गरेपछि उनी सर्वोच्च पुगेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार