Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • धनगढीमा ग्यास लिक हुँदा आगलागी, तीन जना घाइते

    धनगढीमा ग्यास लिक हुँदा आगलागी, तीन जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, २८ असोज २०७७
  • 3.9K
    SHARES

    कैलाली । धनगढीमा खाना पकाउने ग्यास लिक भएर आगलागी भएकाे छ। आगलागी हुँदा तीन जना घाइते समेत भएका छन् ।

    घाइते हुनेमा धनगढी उपमहानगरपालिका-८ का ७० वर्षीय हरिलाल विष्ट, उनकी श्रीमती ६५ वर्षीया बिर्मा विष्ट र नातिनी १५ वर्षीया महेश्वरी विष्ट रहेका छन् । प्रहरीका अनुसार बिर्मा बिष्टको अवस्था गम्भीर छ ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा उनीहरु घाइते भएको जानकारी दिए ।



    प्रहरी निरीक्षक हिकमत थापाको नेतृत्वको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेर अस्पताल पुराएको थियो । उनीहरु तीनै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार