Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढीमा ग्यास लिक हुँदा आगलागी, तीन जना घाइते

कैलाली । धनगढीमा खाना पकाउने ग्यास लिक भएर आगलागी भएकाे छ। आगलागी हुँदा तीन जना घाइते समेत भएका छन् ।

घाइते हुनेमा धनगढी उपमहानगरपालिका-८ का ७० वर्षीय हरिलाल विष्ट, उनकी श्रीमती ६५ वर्षीया बिर्मा विष्ट र नातिनी १५ वर्षीया महेश्वरी विष्ट रहेका छन् । प्रहरीका अनुसार बिर्मा बिष्टको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा उनीहरु घाइते भएको जानकारी दिए ।

प्रहरी निरीक्षक हिकमत थापाको नेतृत्वको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेर अस्पताल पुराएको थियो । उनीहरु तीनै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077