Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ग्यास सिलिण्डरको धरौटी मूल्य २ हजार १०० रूपैयाँ

    ग्यास सिलिण्डरको धरौटी मूल्य २ हजार १०० रूपैयाँ

    अनलाइन नेपाल
  • मंगलबार, २७ असोज २०७७
  • 3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासको धरौटी मूल्य तोकेको छ ।

    एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले एलपी ग्यासको धरौटी रकमलाई देशैभर एकरुपता ल्याउने उद्देश्यले प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ मूल्य तोकिएको बताए । यो दर उच्च पहाडी र हिमाली क्षेत्र बाहेकका स्थानमा लागू हुने पनि उनले बताए ।



    एकै प्रकारको सिलिण्डरको दर कति हो भन्ने विषयमा एकरुपता ल्याउनको लागि पनि प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ तोकिनु उपभोक्ताका लागि ठिक भएको उनले बताए । संघले तोकेकोभन्दा बढी रकम लिएमा गैह्रकानूनी हुने पनि उनले बताए । अहिलेसम्म उपभोक्तासँग भएका सिलिण्डरको हकमा भने आफुले खरिद गरेको पसलबाट बिल लिनुपर्ने पनि अध्यक्ष भण्डारीले स्पष्ट पारे ।



    उपभोक्ताकर्मी माधव तिमिल्सिनाले पनि विगतमा एकै प्रकारको सिलिण्डरको मूल्य फरक फरक तिर्नुपर्ने परिपाटीको अन्त्य गर्ने गरी सिलिण्डरको मूल्य तोकिनु उपभोक्ताको दृष्टिकोणले ठिक भएको बताए ।

    तर विगतमा किनिएका करोडौंको संख्यामा रहेका सिलिण्डरको बिल उपभोक्तासँग नभएकाले न्यायोचित ढंगले बिल दिने व्यवस्था मिलाउनुपर्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार