Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंकाे निर्णय

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि भन्दै अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरिएकाे जनाएकाे हाे ।

प्रशासन कार्यालयद्वारा जारी गरिएकाे सूचनामा भनिएको छ, “संक्रमणको जोखिम बढेसँगै यस कार्यालयमा कार्यरत चारजना कर्मचारीहरुमा समेत कोरोना संक्रमणको पुष्टि भइसकेको साथै सेवाग्राहीको भिडभाड अत्यधिक बढेको र कार्यालयबाटै कोभिड–१९ को संक्रमण सेवाग्राहीमा समेत फैलिन सक्ने जोखिम रहेका कारण अर्को सूचना नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयबाट हाल प्रवाह भइरहेका सेवाहरु तपशिल बमोजिम हुने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।”

शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाइ सम्बन्धी सेवा र विपद् व्यवस्थापन सम्बन्धी सेवामात्रै सञ्चालनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077