Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • क्लबको पार्किङमा हत्या गरेर फरार काजी तीन बर्षपछि पक्राउ

    क्लबको पार्किङमा हत्या गरेर फरार काजी तीन बर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २७ असोज २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले हत्या गरेर लुक्दै आएका एक जनालाई ३ बर्षपछि पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काभ्रे रोसि गाउँपालिका-५ घर भइ काठमाडौंको बौद्ध बस्ने २८ वर्षिय काजी लामा भन्ने रोजकुमार लामा रहेका छन् । महाशाखाबाट खटिएको बिशेष टोलिले लामालाई बौद्धबाट मंगलबार पक्राउ गरेको हो ।



    २०७४ असार ९ गते दिउँसोको साढे १ बजे कमलादीस्थित टाइम्स क्लबको पार्किङमा चेङ्गा तामाङ भन्ने व्यक्तिमाथि कुटपिट गरेका थिए ।



    काजी लामासहित ५ जनाको समूहले तामाङमाथि इँट्टा, रड र हेलमेट प्रहार गरी गम्भीर घाइते बनाएका थिए । लामाले आफ्नो व्यक्तिगत रिसिभिका कारण चेङ्गा तामाङमाथि कुटपिट गरेका थिए ।

    लामालाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त कमल पोखरी पठाइएको  छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार