Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • महोत्तरीमा आठ सञ्चारकर्मीमा कोभिड–१९ पुष्टि

    महोत्तरीमा आठ सञ्चारकर्मीमा कोभिड–१९ पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, २७ असोज २०७७
  • 3.1K
    SHARES

    महोत्तरी । महोत्तरीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका सञ्चारकर्मीको सङ्ख्या आठ पुगेको छ । आज एकैदिन थप चार जना सञ्चारकर्मीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि यो सङ्ख्या आठ पुगेको हो । यसअघि नै चारजनामा सङ्क्रमण पुष्टि भएको थियो ।

    आज सङ्क्रमण पुष्टि भएका चारैजना बर्दिवासस्थित रेडियो सुनगाभामा कार्यरत सञ्चारकर्मी हुन् । निकेश खनाल, सरस्वती भुजेल, मनोज थापामगर र आशा तोलङ्गेले आफूमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको बताए । चार दिनअघिदेखि सामान्य टाउको दुख्ने र ज्वरो आउने लक्षण भएपछि स्वाब परीक्षण गराउँदा चारैजनामा सङ्क्रमण पुष्टि भएको रेडियो सुनगाभाका प्रबन्धक निकेश खनालले जानकारी दिए ।



    यसअघि राससकर्मी गोपालप्रसाद बराल र कान्तिपुरकर्मी सुनिता बराल पिसिआर परीक्षणबाट कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि अहिले ‘होमआइसोलेसन’मा छन् । गोपालको गत बिहीबार र सुनिताको गत शनिबार सङ्क्रमण पुष्टि भएको हो । यसैगरी अन्नपूर्णकर्मी राजकरण महतो र न्यूज–२४ का ललनकुमार मण्डलमा कोभिड–१९ पुष्टि भएको थियो ।



    यद्यपि महतो र मण्डल दुवै सङ्क्रमणमुक्त भइसकेका छन् । महतोमा असोज–१० गते र मण्डलमा गत भदौमै स्वाब परीक्षणबाट सङ्क्रमण पुष्टि भएको थियो । जिल्लाका यी सबै सञ्चारकर्मीले बर्दिवास अस्पतालमा स्वाब परीक्षणका लागि दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार