Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बेवारिसे काठ बरामद

    बेवारिसे काठ बरामद

    अनलाइन नेपाल
  • मंगलबार, २७ असोज २०७७
  • 4.2K
    SHARES

    फाइल तस्बिर

    हुम्ला । खार्पुनाथ गाउँपालिका वडा नं ४ खार्पुदोभानमा बेबारिसे अवस्थामा राखिएको काठ नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालयबाट खटिएको टोली र खार्पुनाथ प्रहरीचौकीको संयुक्त टोलीले बाटामा बेवारिसे अवस्थामा राखिएको १९० थान काठको ढ्याप(फ्लेक) र २४ थान कडी(लामो टुक्रा) अपराह्न नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय हुम्लाका प्रमुख नीरज झाले जानकारी दिए।

    नियन्त्रणमा लिइएका काठमध्ये १४१ थान ढ्याप डिभिजन वन कार्यालय सिमकोट ल्याइएको र बाँकी७८ थान काठ खार्पुनाथ प्रहरीचौकीको जिम्मामा छाडिएको बताइएको छ। काठधनीले अहिलेसम्म दावी नगरेको प्रमुख झाले बताए । बरामद गरिएका काठ सबै सिमकोटमा पुगेपछि मुचुल्का उठाई १५ दिने दावी विरोधका लागि सूचना निकालिने छ ।



    पन्ध्र दिनसम्म कोही सम्पर्कमा नआएको वन ऐनअनुसार अगाडि बढ्ने डिभिजन वन कार्यालय हुम्लाले जनाएको छ । एक सय ९० ढ्याप काठ २ क्युफिटको दरले ३८० क्युफिट रहेको छ । गाउँघरको मूल्य प्रतिक्युफिट रु एक हजार दुई सय छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार