Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • नक्कली नागरिकता लिएका भारतीय नागरिकले यसरी गरे सुन तस्करी

    नक्कली नागरिकता लिएका भारतीय नागरिकले यसरी गरे सुन तस्करी

    अनलाइन नेपाल
  • मंगलबार, २७ असोज २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपालीका नाममा नागरिकता लिएका भारतीय मुलका सुनिल सोनी विरुद्ध राजस्व अनुसन्धान विभागले दुई अर्ब उन्ना चालिस करोड पचपन्न लाख पन्ध्र हजार नौं सयको विगो सहितको मुद्दा दायर गरेको छ ।

    रुपन्देही जिल्ला सिद्धार्थनगरपालिका वडा नं १२ मा रहेको सोनी ज्वलर्स र सोनी गोल्ड एण्ड सिल्भरका सञ्चालक भारतीय नागरिक सुनिल सोनी विरुद्ध विभागले राजस्व छलिको मुद्दा दायर गरेको हो ।



    सोनीले नेपाली नागरिक सुनिलकुमार सुुनारको नाममा नागरिकता लिएर रुपन्देहीमा सुन पसल सञ्चालन गर्दै आएको विभागले जनाएको छ । सोनीले सुनचाँदी भन्सार छलि ल्याइ अर्बौ राजस्व हिनामिना गरेको आरोपमा सोमबार वुटबल तुलसीपुर उच्च अदालतमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।



    सोनीले अवैध रुपमा सुन तथा चाँदी आयात तथा निर्यात गरि विक्रि वितरण गर्ने थाहा पाएपछि विभागले कारोबार स्थल र निजको बैंक खाताको विवरणबाट पत्ता लागेको विभागको भनाइ छ।

    सोनीको सोनी ज्वलर्स र सोनी गोल्ड एण्ड सिल्भरले भन्सार चारीबाट २ अर्ब २३ करोड १३ लाख ३८ हजार ८ सय ७० र आयकर तर्फ १६ करोड ४१ लाख ७७ हजार ७३ रुपैयाँ राजस्व ठगी गरेको विभागले आरोप लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार