Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • कोरोनाको सङ्क्रमण बढ्दा कार्यालयका सेवा प्रभावित हुँदै

    कोरोनाको सङ्क्रमण बढ्दा कार्यालयका सेवा प्रभावित हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, २७ असोज २०७७
  • 4.2K
    SHARES

    सुदूरपश्चिम । पछिल्ला दिनमा कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिन थालेपछि कैलाली जिल्लाका कतिपय कार्यालयका काम प्रभावित हुन थालेका छन् ।

    कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सोमबारबाट भूमिसुधार तथा मालपोत कार्यालय कैलालीको सेवा बन्द गरिएको छ । बन्दाबन्दी खुलेसँगै सो कार्यालयमा सेवाग्राहीको दैनिक भीड लाग्ने गरेको थियो । कोरोन सङ्क्रमणको जोखिम बढेपछि आगामी कात्तिक ३ गतेसम्म आन्तरिक प्रशासनिक कामबाहेक अन्य सबै काम बन्द गरिएको कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।



    कर्मचारीमा कोरोना देखिएपछि कृषि विकास बैंक बैंकिङ कार्यालय धनगढी शाखा पनि बन्द गर्नु्परेको थियो । यसैबीच सेती प्रादेशिक अस्पतालको कारोना प्रयोगशालामा कार्यरत एक महिला कर्मचारीमा समेत कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सङ्क्रमित महिलाको स्वस्थ्य अवस्था समान्य रहेको र उहाँ आइसोलेसनमा बस्नुभएको अस्पतालले जनाएको छ ।



    सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार सुदूरपश्चिम प्रदेशमा थप ७४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या आठ हजार १२४ पुगेका छन् । पछिल्ला दिनमा प्रदेशमा सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएका छन् ।

    एक हप्ताअघि एक हजार ३५ सक्रिय सङ्क्रमित रहेकामा सोमबारसम्म यो सङ्ख्या एक हजार २११ पुगेका छन् ।

    तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दै जाँदा कोरोनाको जोखिम पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ । सङ्क्रमण भई होम आइसोलेसनमा बस्नेबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन भइरहेको कमीकमजोरीका कारणले पनि सङ्क्रमण फैलिँदै गएको बताइएको छ ।

    चाडपर्व नजिकिँदै जाँदा पछिल्ला दिनमा बजार क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारणको भीड बढ्दै जाँदा कोरोनाको जोखिम थप बढ्ने देखिएको छ । कोरोना सङ्क्रमणबाट हालसम्म प्रदेशको कैलाली जिल्लाका १०, अछाम, बझाङ र बाजुराका दुई÷दुई तथा कञ्चनपर, डडेलधुरा र बैतडीका एक/एक गरी १९ जनाको मृत्यु भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार