Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अनैतिक सम्बन्ध थाहा पाउने डरले दाईमन देबीको हत्या, तीन जना पक्राउ

    अनैतिक सम्बन्ध थाहा पाउने डरले दाईमन देबीको हत्या, तीन जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २६ असोज २०७७
  • 3.5K
    SHARES

    जनकपुर। प्रहरीले सप्तरीको तिरहुत गाउँपालिका २ मैनाकडरी बस्ने शिक्षक शिवनारायण यादवको श्रीमती दाईमन देबी यादवको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

    गत असोज १० गते ५० वर्षीया दाइमन देवी यादवको हत्या भएको थियो ।  दुई नम्वर प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा अजय कुमार यादव, राधे भन्ने ओमप्रकाश यादव र बम बहादुर साह रहेका छन् ।



    साहले दाइमन देवीलाई भुइँमा लडाएर डोरीले घाँटीमा कसी हत्या गरेको बयान दिएका छन् । उनीहरु तीनै जनाले  अपराध स्वीकार गरेको र थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले बताए ।



    दाइमन देवीकी देउरानीसँग  ओमप्रकाशको अनैतिक सम्बन्ध रहेको र सो कुरा दाइमन देवीले थाहा पाउँदा ओमप्रकाशले रिसइबी साँधेर उनको हत्याको योजना बनाएको खुल्न आएको डीआइजी सिंहले थप बताए ।

    त्यस्तै प्रहरी अनुसन्धानले अभियुक्त  अजय यादव र मृतकबीजग्गा बिवाद रहेको मृतकको २ बिघा जग्गा अजय यादवको बुवाले २०४७ साल देखि जोत भोग गर्दै आएकोमा बिवादको कारण बाली नबुझाएको हत्याको अर्काे कारण खुलेको देखाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार