Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिआईबीद्वारा मालपोतका कर्मचारीसँग मिलेर ५० कराेडकाे जग्गा किर्ते गरी ठग्ने राणा पक्राउ

काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराे (सिआईबी) ले ५० कराेडकाे जग्गा किर्ते गरी ठगी गरेकाे आराेपमा एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा ललितपुरकाे ललितपुर महानगरपालिका-१३ का ३३ वर्षीय केवल प्रताप जंगबहादुर राणा रहेकाे सिआईबीले जनाएकाे छ । उनलाई सिआईबीले काठमाडाैं महानगरपालिका-७ राताेपुलबाट पक्राउ गरेको हाे ।

राणाले पर्सा जिल्लाकाे बीरगञ्ज महानगरपालिकामा कमलादेवी राजभण्डारी काे नाममा रहेकाे कित्ता नम्बर ३, ७१, १४३, १८६ गरी जम्मा पाँच कठ्ठा, पन्ध्र धुर, नाै कन्वा किर्ते कागजात बनाइ आफ्नाे नाममा गरी अर्कै व्यक्तिलाइ बेच्नका लागि ५० लाख रूपैयाँ बैना लिएपछि सिआईबीले पक्राउ गरेको। उनले मालपोतका कर्मचारीसँग मिलेर  सो जग्गा राजीनामा पास गरेको खुलेको छ ।

राणाले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट मुकेश राजभण्डारीको नाम राखेर ‘४७७३’ नम्बरको नागरिकता बनाएर ‘कमलादेवी राजभण्डारीको छोरो हुँ, अरु हकवाला छैनन्’ भनेर जग्गा पास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

वास्तविक उमेर ३३ वर्ष भएपनि केवल प्रतापले कसरी ५० वर्ष उमेर कायम गरेर नागरिकता लिए भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका राणालाई थप कारवाहीकाे लागि जिल्ला प्रहरी कार्यालय बीरगञ्ज पर्सा पठाइएकाे सिआईबीका प्रमुख डीआइजी सहकुल थापाले जानकारी दिए ।

राणा यसअघि पनि क्रेडिट कार्ड, बैँकिङ कसुर र अर्काको नाममा कम्पनी खोलेर कीर्ते गरेको काण्डमा पटक पटक पक्राउ पर्दै छुट्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077