Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कर्णालीको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिनुहोस् : प्रचण्ड

    कर्णालीको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिनुहोस् : प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, २६ असोज २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीको अविश्वास प्रस्ताव फिर्ता गराउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाही विरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता गराउन प्रचण्डले ओलीलाई आग्रह गरेका हुन्।

    प्रचण्डकाे निकट स्राेतका अनुसार कर्णालीको अविश्वास प्रस्ताव पार्टी एकता र स्थायी कमिटीको बैठकका निर्णय भावनाविपरित रहेको छ ।



    स्राेतका अनुसार प्रधानमन्त्री ओली र प्रचण्ड बीच बिहान झण्डै २ घन्टा भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै पार्टीका सांसदले दर्ता गरेको अविश्वासको प्रस्तावका विषयमा गहन छलफल भएको नेकपाका एक नेताले बताए।



    प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट्न अघि खुमलटारमा वरिष्ठ नेता माधव कुमार नेपालसँग अविश्वास प्रस्तावको विषयमा छलफल गरेका थिए । यसैगरी आफूनिकट वर्षमान पुन, जनार्दन शर्मा लगायतका कर्णालीबाट प्रतिनिधित्व गर्ने नेताहरुसँग परामर्श गरेका थिए।

    के भएकाे हाे कर्णालीमा ?

    आइतबार नेकपाका १८ सांसदहरूले मुख्यमन्त्री शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । तर अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरु कुनै एउटा समूहका मात्रै भने छैनन् । पार्टीभित्र सक्रिय तीन गुट अर्थात् प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट तिनै समूहका सांसद मुख्यमन्त्रीको विपक्षमा उभिएका छन् ।

    मुख्यमन्त्री शाहीले काम गर्न नसकेको भन्दै नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ (१) बमोजिम संसदीय दलका नेता मुख्यमन्त्री शाहीविरुद्ध विश्वास नभएकोले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । ४० सदस्सीय कर्णाली प्रदेशमा नेकपाका ३३ जना सांसद छन् । जसमध्ये एकजना सभामुख भएकाले बाँकी ३२ जना सांसद यो प्रक्रियामा सहभागी बन्न पाउछन् । ३२ जना सांसदमध्ये १८ जनाले मुख्यमन्त्री तथा दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । ३३ सांसद मध्ये २० जना पूर्वएमाले र १३ जना पूर्वमाओवादीबाट सांसद भएका हुन् ।

    आइतबार सांसद यामलाल कँडेलको अगुवाइमा भएको १८ जना सांसदको हस्ताक्षर प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाइएको छ । १८ मध्ये ८ जना कँडेल अर्थात् प्रधानमन्त्री ओल निकट, ७ मन्त्री समेत रहेका नेता प्रकाश ज्वाला अर्थात् वरिष्ठ नेता नेपाल निकट छन् । ३ जना भने पूर्वमाओवादी निकट हुन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार