Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • हुम्लामा चीनले सीमा अतिक्रमण गरेकोबारे सत्यतथ्य बाहिर ल्याउन नेता रावलको माग

    हुम्लामा चीनले सीमा अतिक्रमण गरेकोबारे सत्यतथ्य बाहिर ल्याउन नेता रावलको माग

    अनलाइन नेपाल
  • सोमबार, २६ असोज २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता भीम रावलले हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषयबारे सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन् ।

    सोमबार सामाजिक सन्जाल ट्वीटरमार्फत नेता रावलले देशको भौगोलिक अखण्डतासंग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाउन माग गरेका हुन ।



    नेपाल र चिनियाँ पक्षका कर्मचारीलाई सामेल गराएर स्थलगत अध्ययन गर्न पनि सरकारलाई नेता रावललेआग्रह गरेका छन् ।



    ‘हुम्लाको नाम्खा गापा, लिमी लोलुङजङमा नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस्’, उनले भनेका छन् ।

    नेता रावलले देशको भौगोलिक अखण्डतासंग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाउन माग गरेका छन् ।

    चीनले नेपालसँग कुनै पनि सीमा विवाद नरहेको प्रष्ट पारे पनि हुम्लाको लाप्चामा नेपाली भूमि मिचेको भइसकेको छ ।

    यसअघी हुम्लामा सीमा स्तम्भ अनुगमन गरेर फर्किन लागेका नेपाली टोलीमाथि चिनियाँ सेनाले अश्रु ग्यास प्रहार गरेको थियो ।

    प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही नेतृत्वको टोली अनुगमनबाट फर्कने क्रममा चिनियाँ सुरक्षाकर्मीले अश्रु ग्यास प्रहार गरेका थिए 6।

    नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमास्तम्भ अनुगमनका क्रममा चिनियाँ पक्षले अश्रु ग्यास प्रहार गरेको थियो ।

    ५, ६, ७ र ८ नम्बर सीमा स्तम्भको अनुगमन गरेर फर्किँदै गर्दा ९ नम्बर सीमास्तम्भ नजिकै टियर ग्यास प्रहार गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार