Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • दुबइमा आईपीएल, नेपालमा सट्टेबाजी गर्ने गिराेह पक्राउ

    दुबइमा आईपीएल, नेपालमा सट्टेबाजी गर्ने गिराेह पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २६ असोज २०७७
  • 3.2K
    SHARES

    काठमाडौँ । दुबइमा भइरहेकाे इन्डियन प्रिमियर लिग (आईपीएल) को सट्टेबाजीमा संलग्न एक गिराेहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसरलेसट्टेबाजीमा संलग्न ६ जनालाई पक्राउ गरेको हाे ।

    परिसरका प्रवक्ता एसपी सोमेन्द्र राठौरका अनुसार भारत घर भएका कुलदीप शारणले कालीमाटीले आईपीएलको सट्टेबाजी खेलाउने भन्नेबारे सूचनाका आधारमा अनुसन्धान गर्दा शारणसहित ६ जनालाई पक्राउ गरेको हो । शारणलाई प्रहरीले कमलपोखरीस्थित होटल कोनार्कको १०५ नम्बर कोठाबाट पक्राउ गरेको हो । उनीबाट एक हजार ७ सय २५ रुपैयाँ, एउटा मोबाइल र बा २६ प २१०५ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ ।



    त्यस्तै भारतकै सञ्जीव शारणलाई पनि ११ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर बताउने प्रदीप घिमिरेलाई एक लाख १९ हजार २ सय २५ रुपैयाँ नगदसहित बा ८६ प ३१५ नम्बरको स्कुटरसहित पक्राउ गरिएको छ । भारत उत्तर प्रदेशको कानपुर घर भई कुलेश्वरमा बस्दै आएका अजय गौतमलाई पनि ११ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको एसपी राठौरले जानकारी दिए ।



    त्यस्तै कुलेश्वर बस्ने ५१ वर्षीय उत्तम सापकोटालाई तीन हजार १ सय १० रुपैयाँ र काठमाडौंको सोल्टीमोड बस्ने ५५ वर्षीय अनिलकुमार वंशललाई ३९ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको उनले बताए । यसबाहेक अनलाइनमार्फत सट्टेबाजीमा के कति रकम लगाइयो भन्नेबारेमा अनुसन्धान भइरहेको उनले बताए । परिसरले आईपीएलको सट्टेबाजीमा स‌ंलग्न उनीहरूलाई सोमबार कालीमाटीलगायतका क्षेत्रबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका व्यक्तिबाट १ लाख ८५ हजार १ सय २० रुपैयाँ पनि बरामद भएको एसपी राठौरले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार