Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुबइमा आईपीएल, नेपालमा सट्टेबाजी गर्ने गिराेह पक्राउ

काठमाडौँ । दुबइमा भइरहेकाे इन्डियन प्रिमियर लिग (आईपीएल) को सट्टेबाजीमा संलग्न एक गिराेहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसरलेसट्टेबाजीमा संलग्न ६ जनालाई पक्राउ गरेको हाे ।

परिसरका प्रवक्ता एसपी सोमेन्द्र राठौरका अनुसार भारत घर भएका कुलदीप शारणले कालीमाटीले आईपीएलको सट्टेबाजी खेलाउने भन्नेबारे सूचनाका आधारमा अनुसन्धान गर्दा शारणसहित ६ जनालाई पक्राउ गरेको हो । शारणलाई प्रहरीले कमलपोखरीस्थित होटल कोनार्कको १०५ नम्बर कोठाबाट पक्राउ गरेको हो । उनीबाट एक हजार ७ सय २५ रुपैयाँ, एउटा मोबाइल र बा २६ प २१०५ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ ।

त्यस्तै भारतकै सञ्जीव शारणलाई पनि ११ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर बताउने प्रदीप घिमिरेलाई एक लाख १९ हजार २ सय २५ रुपैयाँ नगदसहित बा ८६ प ३१५ नम्बरको स्कुटरसहित पक्राउ गरिएको छ । भारत उत्तर प्रदेशको कानपुर घर भई कुलेश्वरमा बस्दै आएका अजय गौतमलाई पनि ११ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको एसपी राठौरले जानकारी दिए ।

त्यस्तै कुलेश्वर बस्ने ५१ वर्षीय उत्तम सापकोटालाई तीन हजार १ सय १० रुपैयाँ र काठमाडौंको सोल्टीमोड बस्ने ५५ वर्षीय अनिलकुमार वंशललाई ३९ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको उनले बताए । यसबाहेक अनलाइनमार्फत सट्टेबाजीमा के कति रकम लगाइयो भन्नेबारेमा अनुसन्धान भइरहेको उनले बताए । परिसरले आईपीएलको सट्टेबाजीमा स‌ंलग्न उनीहरूलाई सोमबार कालीमाटीलगायतका क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिबाट १ लाख ८५ हजार १ सय २० रुपैयाँ पनि बरामद भएको एसपी राठौरले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077