Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • माेबाइलमा २८ दिनसम्म कोरोना संक्रमण जीवित रहने निष्कर्ष

    माेबाइलमा २८ दिनसम्म कोरोना संक्रमण जीवित रहने निष्कर्ष

    अनलाइन नेपाल
  • सोमबार, २६ असोज २०७७
  • 3K
    SHARES

    एजेन्सी । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण   बैंकको नोट, फोन स्क्रिन र खिया नलागेको स्टिलमा  २८ दिनसम्म बाँच्ने निष्कर्ष अध्ययनकर्ताहरूले निकालेका छन् ।

    अस्ट्रेलियाको नेसनल साइन्स एजेन्सीका अनुसन्धानकर्ताहरूले बैंकको नोट, खिया नलागेको स्टिल र फोन स्क्रिनलगायतमा २८ दिनसम्म कोरोना भाइरसको जीवाणु जीवित रहने निष्कर्ष निकालेका हुन् ।



    यसअघिका अध्ययनले बैंक नोट, ग्लासमा २ देखि ३ दिनसम्म र प्लास्टिक तथा खिया नलागेका स्टिलमा ६ दिनसम्म भाइरस जीवित रहने देखाएका थिए ।



    अस्ट्रेलियाको सीएसआईआरओले राम्रो सतहमा भाइरस मुकाम जमाएर २८ दिनसम्म बाँच्ने निष्कर्ष सार्वजनिक गरेको छ ।

    अनुसन्धानकर्ताहरूले मोबाइल फोनमा कोरोनाको जीवाणु लामो समय रहने भएकाले सरसफाइमा ध्यान दिन सुझाएका छन् ।

    हाछ्यु गर्दा, खोक्दा र बोल्दा कोरोना भाइरस अत्यधिक मात्रामा सर्ने गरेको पाइएको छ । हावाको माध्यमबाट पनि कोरोनाको भाइरस सर्ने गरेको अध्ययनहरूले देखाएका छन् । अमेरिकाको सेन्ट्रिज फर डिजिज कन्ट्रोलका अनुसार भाइरस रहेका फलाम, प्लास्टिकमा छुँदा पनि व्यक्तिमा यो सर्छ । (बिबिसी )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार