Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नेपालमा आज थप २०७१ जनामा कोरोना भाइरसको संक्रमण

    नेपालमा आज थप २०७१ जनामा कोरोना भाइरसको संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ। 

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण गर्दा २०७१ जनालाई संक्रमण देखिएको जानकारी दिए। 



    देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 



    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

    यो सँगै नेपालमा ७५ हजार  ८ सय ४  जना संक्रमित  उपचारपछि निको भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार