Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • यी हुन नेपाली युवतीलाई भारतको वेश्यालयमा बेच्ने गिरोहका नाइके

    यी हुन नेपाली युवतीलाई भारतको वेश्यालयमा बेच्ने गिरोहका नाइके

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाली युवतीलाई भारतको वेश्यालयमा लगेर बेच्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ।

    नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले गोकर्णेश्वर नगरपालिका ५ मा लुकिछिपी बसिरहेका ५२ वर्षीय टाउटाउ तामाङलाई शुक्रबार पक्राउ गरेको हो।



    सिन्धुपाल्चोक मेलम्ची घर भइ काठमाडौं नयाँ बस्ती बस्दै आएका तामाङले २० वर्षीया युवतीलाई चार वर्षअघि राम्रो तलब सुबिधा सहितको काममा लगाउने भन्दै प्रलोभन देखाएर भारतको मुम्बईमा बेचेको खुलेको छ ।



    शक्ति समूह नामक संस्थाले ती महिलाको गत वर्ष भदौ ५ गते उद्दार गरी नेपाल ल्याएको थियो। नेपाल फर्किएकै दिन ब्युरोमा उजुरी परेको एसपी अनुराग द्विवेदीले जानकारी दिए।

    ती महिला अहिले सोही संस्थाको संरक्षणमा छिन्। तामाङमाथि थप अनुसन्धान गर्न ब्युरोले काठमाडौं जिल्ला अदालत लगेको छ।

    घटनामा संलग्न गिरोहका अन्य सदस्यको पनि खोजी भइरहेको एसपी द्विवेदीले बताए। तामाङमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार