Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार

    ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 3.6K
    SHARES

    एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा स्थानीय समय अनुसार शनिबार रातिसम्ममा मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ ।

    कोरोना संक्रमणको दरमा केही दिनदेखि कमी आए पनि कूल मृत्यु भएका व्यक्तिको संख्याका आधारमा ब्राजिल संयुक्तराज्य अमेरिकापछि विश्वमै दोस्रो स्थानमा रहेको छ । ब्राजिलका राष्ट्रपति जेयर बोल्सेनारोले कोरोनाभाइरसले गर्न सक्ने क्षतिलाई बेवास्ता गर्नु भएको आरोप लागिरहेका बेला कोरोना संक्रमितको मृत्यु उच्च गतिमा बढेको थियो । राष्ट्रपति बोल्सेनारोले सामाजिक दूरीका नियमहरुलाई बेवास्ता गर्दै ठुल्ठूला सभाहरु गर्नु भएको थियो ।



    उहाँले गभर्नर र मेयरहरुले लकडाउन गर्न र कडा नियमहरु अगाडि सारे पनि त्यसलाई अस्वीकार गर्नु भएको थियो । यहीबीच गत जुलाईमा उहाँ स्वयंलाई कोरोना संक्रमण भएको थियो ।



    तर पछिल्ला केही दिनदेखि ब्राजिलमा कोरोना संक्रमण दरमा कमी आउन थालेको छ । विगत एक डेढ महिनाको अवधिमा भाइरसको वृद्धिदरमा कमी देखिएको छ । विगत सात दिनमा दैनिक ५९८ जनाको मृत्यु भइरहे पनि यो गत मे महिनाको तुलनामा निकै कम हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार