Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सुपर बाइकको शान ‘होण्डा सिबिआर ६०० आर आर’ बजारमा

    सुपर बाइकको शान ‘होण्डा सिबिआर ६०० आर आर’ बजारमा

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 4.1K
    SHARES

    काठमाडौं। नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालीले होण्डा सिबिआर ६०० आर आर लाई नेपाली बजारमा भित्राएको छ ।

    स्पोर्टस् बाइक उत्साहीहरुको लागि उपयुक्त यस बाइकको लुक्स् र फिचरहरुले सबैलाई पक्कै पनि आकर्शित गर्ने कम्पनीले जनाएको छ। ।



    ४ सिलिन्डर लिक्विड कुल इन्जिन रहेको  सिबिआर ६०० आर आर मा ५९९ सिसिको इञ्जिन क्षमता रहेको छ ।



    कम्पनीका अनुसार ६६ एनएम टर्क र १२० हर्सपावर रहेको यस बाइकलाई ० देखि १०० किमि प्रति घण्टा पुग्नलाई मात्र ३.१ सेकेण्ड लाग्ने छ । ६ स्पिड गेयरबक्स गरेको यस बाइकको टप स्पिड २५० किमि प्रति घण्टा रहेको छ ।

    सुपर बाइकहरुको भिडमा एक भिन्न पहिचान बोकेको यस बाइकको मूल्य ३४ लाख ५० हजार निधारण गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार