Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • चितवनमा  थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु

    चितवनमा  थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 3.4K
    SHARES

    चितवन। चितवनमा  थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । चितवनमा हिजो मात्रै एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

    चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया महिलाको आज विहान ५ः१० बजेको समयमा मृत्यु भएको चितवन मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ ।



    श्वासप्रश्वासमा समस्या भई असोज २२ गते ती महिला अस्पताल भर्ना भएकी थिइन् । उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भईरहेको समयमा आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।



    योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार