Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • आज साढे ९ बजे अनसन तोड्दै डा. केसी

    आज साढे ९ बजे अनसन तोड्दै डा. केसी

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 2.7K
    SHARES

    अनसनरत डा. गोविन्द केसी।

    काठमाडौं- २७ दिनयता अनसनरत डा गोविन्द केसी पक्ष र सरकारबीच ८ बुँदे सहमति भएपछि आज साढे ९ बजे डा गाेविन्द केसीले अनसन तोड्न लागेका छन्।

    सहमति डा केसीका ६ बुँदे मागका ६ वटा सहमति छन्। ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनसन तोड्ने विषय उल्लेख छ।



    सरकारसँग सहमति भएपनि डा केसीले भने आइतबार बिहान साढे ९ बजे मात्र अनसन तोड्ने भएका हुन्।



    शनिबार राती सरकारी पक्ष र डा केसी पक्षबीच वार्ता भएपछि ८ बुँदे सहमति भएको डा केसी पक्षका वार्ता टोली सदस्य डा लोचन कार्कीले जानकारी दिएका हुन्।

    २७ दिनयता अनसनरत डा केसीको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। आफ्ना माग पूरा नहुन्जेल डा केसीले अनसन जारी राख्ने अडान दोहोर्‍याउँदै आएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार