Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सरकार र डाक्टर गोबिन्द केसीबीच आठ बुँदे सहमति(पूर्णपाठसहित)

    सरकार र डाक्टर गोबिन्द केसीबीच आठ बुँदे सहमति(पूर्णपाठसहित)

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । चिकित्सा शिक्षा सुधारकाे माग राख्दै २७ दिनदेखि अनसनरत डा गोविन्द केसी पक्ष र सरकारबीच ८ बुँदे सहमति भएको छ। दुवै पक्षबीच शनिवार मध्यराती ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

    सहमति डा केसीका ६ बुँदे मागका ८ वटा सहमति छन्। ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनसन तोड्ने विषय उल्लेख छ। सरकारी पक्ष डा केसी पक्षसँग सहमतिपत्रमा हस्ताक्षर गर्न त्रिवि शिक्षण अस्पताल पुगेको थियो। शनिबार दिनभर गृहकार्यमा रहेको दुवै पक्षको वार्ता टोलीले राती निष्कर्ष निकालेको हो।



    बिहीबार सकारात्मक कोणबाट सुरु भएको वार्ता शुक्रबार भने निराशाजनक भएको थियो। शुक्रबारको वार्ता लगत्तै डा केसी पक्षले आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिसकेको थियो।



    बिहीबार १० घण्टा बसेर रोकिएको वार्ता शुक्रबार राती ९ बजे सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको थियो। तर बिहीबारको कुराकानीभन्दा शुक्रबार सरकारी पक्ष पछि हटेपछि वार्ता निष्कर्षविहीन भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार