Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • आइपिएल : चेन्नईमाथि बेंगलोरको उत्कृष्ट जित

    आइपिएल : चेन्नईमाथि बेंगलोरको उत्कृष्ट जित

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 3.3K
    SHARES

    एजेन्सी– तीव्र गतिका बलर क्रिस मोरिस र स्पिनर वासिन्टन सुन्दरको उत्कृष्ट बलिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ ।

    जितका लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रन बनायो । चेन्नईका आम्बाती रायुडुले ४० बलमा ४ चौका सहित सर्वाधिक ४२ रनको योगदान दिए ।



    चौथो ओभरको अन्तिम बलमा वासिन्टन सुन्दरले फाप डु प्लेसिसलाई क्रिस मोरिसबाट ८ रनमा क्याच आउट गराए । छैटौं ओभरको चौथो बलमा सुन्दरले अर्का ओपनर शेन वाटसनलाई १४ रनमा बोल्ड आउट गरे । वाटसनले १८ बलमा ३ चौका प्रहार गरे । १५ औं ओभरको दोस्रो बलमा नारायण जगदेसन ३३ रनमा रन आउट हुन पुगे । नारायणले २८ बलमा ४ चौका प्रहार गरे ।



    स्पिनर युजचेन्द्र चहललाई १६ औं ओभरको अन्तिम बला ठूलो सट खेलेका कप्तान महेन्द्रसिंह धोनी बाउन्ड्री नजिकै गुरक्रित सिंहमानबाट १० रनमा क्याच आउट भएपछि चेन्नईको जित टाढिएको थियो । साम करनले खाता खोल्न सकेनन् । रविन्द्र जडेजा ७ रनमा क्याच आउट भए ।

    वासिन्टन सुन्दरले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । क्रिस मोरिसले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहल र इसुरु उडानाले एक एक विकेट लिए ।

    त्यसअघि दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो । बेंगलोरका कप्तान विराट कोहली ५२ बलमा ४ चौका र ४ छक्का सहित ९० रनमा अविजित रहे । शिवम दुबे १४ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे । पाँचौ विकेटका लागि कोहली र दुबेले ३४ बलमा ७६ रनको अविजित उत्कृष्ट साझेदारी गर्दै बलियो योगफलमा पुर्याए । बेंगलोरले अन्तिम २४ बलमा ६६ रन जोडेको थियो ।

    तीव्र गतिका बलर दीपक चहरले तेस्रो ओभरको पाँचौ बलमा ओपनर आरोन फिन्चलाई २ रनमा बोल्ड आउट गर्दै चेन्नईलाई पहिलो सफलता दिलाए । फिन्चले ९ बलको सामना गरेका थिए । ११ औं ओभरका अर्का तीव्र गतिका बलर शार्दुल ठाकुरले प्रमुख दुई विकेट लिए । ११ औं ओभरको दोस्रो बलमा ठाकुरले फाप डु प्लेसिसबाट ओपनर देवदत्त पाडिक्कललाई ३३ रनमा क्याच गराए ।

    पाडिक्कलले ३४ बलमा २ चौका र १ छक्का प्रहार गरे । दुइबल पछि आक्रामक ब्याट्सम्यान एबी डिभिलियर्स धोनीबाट शून्यमा क्याच आउट हुन पुगेपछि बेंगलोर ६७–३ को अवस्थामा पुगेको थियो । साम करनले १५ औं ओभरको तेस्रो बलमा वासिन्टन सुन्दरलाई धोनीबाट १० रनमा क्याच आउट गराए । चेन्नईका शार्दुल ठाकुरले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । साम करन र दीपक चहरले एक एक विकेट लिए ।

    चेन्नईले अव सनराइजर्स हैदराबादसँग मंगलबार खेल्ने छ । बेंगलोरले सोमबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार