Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सरकार अब त जनताको स्वास्थ्यमाथि पनि सोच्ने कि ?

    सरकार अब त जनताको स्वास्थ्यमाथि पनि सोच्ने कि ?

    सविता गाैतम
  • शनिबार, २४ असोज २०७७
  • 4.1K
    SHARES

    चीनको बुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले नेपाललाई पनि आक्रान्त बनाइसकेको छ । २०७६ माघ १० गते नेपालमा पहिलो पटक कोरोना संक्रमित देखिएका थिए । ३२ वर्षका ती पुरुष चीनबाट आएका थिए । यद्यपी उनी भने निको भएर घर फर्किसकेका छन् ।

    यसरी नेपाल प्रवेश गरेको कोरोना शनिबार हालसम्मकै सबैभन्दा धेरै ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ५ हजार ६ सय ८४ जनामा कोरोना पुष्टि भइसकेको छ । हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ ।



    सरकारले संक्रमितको संख्या २५ हजार नाघे फेरि पनि लकडाउने गर्ने बताएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि यस अघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा सिसिएमसी र मन्त्रिपरिषदमा लकडाउन गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रालयले कोरोना संक्रमणको दर तीव्र गतिमा बढेको निचोडसहित फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न पनि सिफारिस गरेको थियो ।



    यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भने यसअघि नै लकडाउन नगर्ने जानकारी गराइसकेका छन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बसेको बैठकले फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरे पनि अब त्यस अनुसार अघि नबढ्ने रणनीति सरकारले बनाएको छ ।

    अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न बेड उपलब्ध भएसम्म लकडाउन नगरिने स्वास्थ्य मन्त्रालयले जनाइसकेको छ । अहिले सबैभन्दा धेरै काठमाडौंमा संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । सरकारले पनि कोरोना नियन्त्रणको मुख्य चुनौती काठमाडौंमै देखेको छ । काठमाडौं उपत्यकामा समस्या भए पनि देशका अन्य अस्पतालमा उपचारका लागि बेड अभाव नहुने भएकोले तत्काल लकडाउन गर्ने योजना नरहेको स्वास्थ्य मन्त्रालयको तर्क छ ।

    शनिबार उपत्यकामा मात्रै थप २ हजार ६ सय ७२ कोरोना संक्रमित देखिए । जसमध्ये काठमाडौंमा २ हजार १ सय, ललितपुरमा ३ सय ६९ र भक्तपुरमा २ सय ३ जनालाई कोरोना संक्रमण देखिएको छ।

    रोगले भन्दा पनि भोकले मर्नु पर्ने अवस्था आएका बेला लकडाउन नै समस्याको समाधान त होइन तर, कतै सरकारल ‘मरे मरुन जनता’ भन्न खोजेको त होइन भन्ने पनि प्रश्न उब्जिएको छ ।

    अहिलेसम्मको तथ्यांक हेर्दा नेपाल कोभिड—१९ संक्रमण बढी हुने मुलुकको सूचीमा ४० औं स्थानमा पुगेको नेपालले चीन, जापान, यूएई र ओमान जस्ता देशहरुलाई समेत उछिनेको छ।

    झण्डै पाँच महिना लकडाउन गर्दा कोरोना महामारी नियन्त्रणका लागि सिन्को पनि भाँच्न नसकेको आरोप खेपिरहेको कम्युनिष्ट सरकारले अब लकडाउन गरेर समस्याको समाधान खोज्ला भन्ने आश जनतामा पटक्कै छैन । तर, अब पनि सरकारले जनतालाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर नसोचेको खण्डमा पछि पछुताउनुको विकल्प रहन्न ।

    सरकारले निजी अस्पताल र होटलहरुलाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्ने जनाए पनि त्यहाँ गएका विरामीहरुलाई उपचार कसले गर्ने ? निजी अस्पतालमा त केही स्वास्थ्यकर्मी, चिकित्सक र नर्स होलान तर, विद्यालय र होटलमा बनाइएको अस्थायी अस्पतालमा स्वास्थ्य सेवा दिने कर्मचारी खै ? विना तयारी हौवा पिटाए जसरी बोलेर समस्याको समाधान हुँदैन । त्यसैले सरकारले तत्कालै जनताको स्वास्थ्यका विषयमा सोच्नुपर्ने देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार