Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • एकैदिन ५००८ जनामा कोरोना पुष्टि हुँदा संक्रमितकाे संख्या १ लाख ५ हजार ६८४ पुग्याे

    एकैदिन ५००८ जनामा कोरोना पुष्टि हुँदा संक्रमितकाे संख्या १ लाख ५ हजार ६८४ पुग्याे

    अनलाइन नेपाल
  • शनिबार, २४ असोज २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५००८ जना नयाँ संक्रमित थपिएका छन् ।

    यो सँगै नेपालमा संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ। देशभर पछिल्लो २४ घन्टामा देशभर १९ हजार ३ सय २० जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ रहेका छन् ।



    काठमाडौंमा उपत्यकामा मात्रै २६७२ नयाँ संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।



    त्यस्तै पछिल्लो २४ घन्टामा थप १२२९ जना कोरोना मुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार