Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोना अपडेटः भाइरसबाट अत्यन्त प्रभावित केही देश

    कोरोना अपडेटः भाइरसबाट अत्यन्त प्रभावित केही देश

    अनलाइन नेपाल
  • शनिबार, २४ असोज २०७७
  • 2.8K
    SHARES

    एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७८ लाख ९४ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय शनिबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १८ हजार नाघेको छ ।

    कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ६९ लाख ७९ हजार भन्दा बढी सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ७ हजार ४५० जनाको मृत्यु भईसकेको छ ।



    कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ५७ हजार नाघेको छ । सङ्क्रमणको कारण एक लाख ४९ हजार भन्दा बढीको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ७२ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार २५७ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।



    कोलम्बियामा ८ लाख ९४ हजार ३०० जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ४९५ जनाको मृत्यु भएको छ । स्पेनमा ८ लाख ९० हजार ३८१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भन ३२ हजार ९२९ जनाको मृत्यु भएको छ ।

    अर्जेन्टिना ८ लाख ७१ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २३ हजार २५० जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ४३ हजार ३५५ मा व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार १५८ जनाको मृत्यु भएको छ ।

    मेक्सिकोमा ८ लाख ९ हजार ७५१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८३ हजार ५०७ जनाको मृत्यु भएको छ । फ्रान्समा ६ लाख ९१ हजार ९७७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३२ हजार ५८३ जनाको मृत्यु भएको छ ।

    दक्षिण अफ्रिकामा ६ लाख ८८ हजार ३५२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने १७ हजार ५४७ जनाको मृत्यु भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शनिबारसम्म १० लाख ७२ हजार ८२६ जना पुगेको छ ।

    यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ७१ लाख २० हजार पुगेको छ । कूल सङ्क्रमितमध्ये दुई करोड ७९ लाख २ हजार भन्दा बढी हजार निको छन् भने करिब ८१ लाख ४४ हजार मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६८ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

    युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार