Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डा. केसीका मागबारे छलफल गर्न शिक्षामन्त्री बालुवाटारमा

काठमाडौँ । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै अनशनरत डा. केसीका मागबारे छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाेखरेल बालुवाटार पुगेका छन् । स्राेतका अनुसार डा. केसीका मागबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न शिक्षामन्त्री पोखरेल सरकारी वार्ता टोलीसहित बालुवाटार पुगेको हुन्। शुक्रबार मध्यराति भएको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो ।

२७ देखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएका बेला वार्तामा छलछाम गरी सरकारले सत्याग्रहीप्रति अमानवीय व्यवहार देखाएको केसी पक्षका वार्ता टोलीका संयोजक डा. जीवन क्षत्रीले बताएका छन् । सरकारी वार्ता टोली र डा. केसी पक्षबीच शुक्रबार राति ९ बजेदेखि करिब डेढ घण्टा वार्ता भएको थियो ।

केसी पक्षले बिहीबार भएका सहमतिबाट पनि सरकार पछि हटेको आरोप लगाउँदै आन्दोलनमा उत्रिएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सले अहिले काठमाडौंको माइतीघरसहित मुलुकमा विभिन्न ठाउँमा प्रदर्शन गरिरहेको छ ।

त्यस्तै डा. केसीको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ पनि थप आन्दोलनको घोषणा गर्ने तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077