Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • डिआईजी बढुवाको बिषयमा गृहसचिब र आईजीपीबीच छलफल, सोमबार दरबन्दी थपिने !

    डिआईजी बढुवाको बिषयमा गृहसचिब र आईजीपीबीच छलफल, सोमबार दरबन्दी थपिने !

    अनलाइन नेपाल
  • शनिबार, २४ असोज २०७७
  • 5.6K
    SHARES

    काठमाडौं। गृह मन्त्रालयले  नेपाल प्रहरीमा डिआईजीको दरबन्दी थप गर्ने प्रक्रिया अघि बढाएको छ ।  गत चैतमा गृहले हचुवाको भरमा १३ डिआईजीको दरबन्दी कटौती गरेपछि तत्कालिन आईजीपी ठाकुर ज्ञवालीको संगठनमा आलोचना भएको थियो।

    त्यतिबेला गृहसचिब महेश्वर न्यौपानेको दबाबमा हचुवाको भरमा डिआईजीको दरबन्दी कटौती गरिएको थियो।



    दरवन्दी थप्ने बिषयमा शुक्रबार आईजीपी शैलेश थापा क्षेत्रीले गृहसचिब महेश्वर न्यौपानेसँग छलफल गरेका थिए। स्रोतका अनुसार पाँच जना डिआईजीको दरवन्दी सोमबार बस्ने मन्त्रिपरिषदको बैठकबाट पारित हुनेछ ।



    प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति दिएपछि  गृह मन्त्रालयले संगठन तथा ब्यवस्थापन सर्वेक्षण ( ओएनएम ) गरेर प्रक्रिया अघि अगाडि बढाएको थियो।

    मन्त्रिपरिषदबाट डिआईजीको दरबन्दी पारित हुने वित्तिकै प्रहरीमा बढुवा प्रक्रिया अघि बढाउने बिषयमा आईजीपी क्षेत्री र गृहसचिब महेश्वर न्यौपानेबीच शुक्रबार छलफल भएको भएको गृह स्रोतको भनाइ छ ।

    हाल नेपाल प्रहरीमा तीन जना डिआईजीको दरबन्दी रिक्त छ भने पाँच  दरबन्दी थपिएपछि  ८ डिआईजीको बढुवा प्रक्रिया अघि बढनेछ । दरबन्दी थपिने भएपछि एसएसपीहरुले बालुवाटार र गृहका बिचौलियाहरुसँग भेटघाट थालिसकेका छन्।

    बढुवाका लागि अघिल्लो व्याचबाट एसएसपीहरु गणेश ऐर, पुुरुषोत्तम कंडेल, दिलिप चौधरी, राजेश कुमार लाल कर्ण, देव बहादुर बोहरा, दिवेश लोहनी, सौरभ राणा, रामकृपाल शाह,उमेश रन्जितकार, प्रकाश अधिकारी, मुकुन्दराज आचार्य ,नलप्रसाद उपाध्याय,राजेन्द्र प्रसाद चौधरीलगायत प्रतिस्पर्धामा छन् ।

    यि मध्ये केही काण्डमा परेको र अधिकांश कार्यक्षमतामा कमजोर रहेको हुँदा ट्र्याक रेकर्ड हेरेर पछिल्लो व्याचबाट पनि केहीलाई समेट्नु पर्ने पक्षमा आवाज उठ्न थालेको छ।

    पछिल्लो व्याचबाट एसएसपीहरु दिपक थापा, श्यामप्रसाद ज्ञवाली,टेकप्रसाद राई,  उमेश जोशी, सन्दिप भण्डारीहरुमध्यबाट कम्तिमा तीन जनालाई बढुवा गर्नुपर्ने भन्दै बालुवाटार र गृहमा शुरु लबिङ भएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार