Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आईपीएलमा दिल्लीले राजस्थानलाई सहजै हरायो

    आईपीएलमा दिल्लीले राजस्थानलाई सहजै हरायो

    अनलाइन नेपाल
  • शनिबार, २४ असोज २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । इण्डियन प्रिमियर लिग(आईपीएल) खेलमा दिल्लीले राजस्थानलाई ४६ रनले पराजित गरेको छ ।

    शुक्रबार यूएईको शारजाहमा भएको खेलमा दिल्लीले दिएको १८५ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.४ अ‍ोभरमा सबै विकेट गुमाएर  १३८ रन मात्र बनाएको छ ।



    राजस्थानका लागि रहुल तेवातियाले ३८ तथा यशस्वी जयसवालले ३४ रन, स्टिभन स्मिथले २४ र जोस बट्लरले १३ रन बनाए। दिल्लीका कागिसो रबाडाले ३ विकेट लिए।



    दिल्लीका शिमरन हेटमायरले ४५ तथा मार्कस स्टोइनिसले ३९ रन बनाए। राजस्थानका लागि जोफ्रा आर्चरले तीन विकेट लिए।

    जितसँगै दिल्ली ६ खेलमा ५ जिसहित १० अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार