Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कोरोनाले आर्थिक वृद्धिदरमा धक्का पुग्याे तर दीर्घकालीन असर पार्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणले आर्थिक वृद्धिदरमा गम्भीर धक्का पुगेकाे बताएका छन् ।

गैरआवसीय नेपाली संघको विश्व सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको आर्थिक वृद्धिदर शून्यमा नपुगिसकेकाे भएपनि गम्भीर धक्का पुगेकाे बताए ।

साथै विकसित देशको तुलनामा नेपालको वृद्धिदरमा कमि नआएको उनकाे दावी थियाे ।

कोरोना संक्रमणलाई नियन्त्रण गरेरै छाड्ने दृढता देखाएका प्रधानमन्त्री ओलीले भने, ‘कोरोनाले दीर्घकालीन धक्का दिन सक्दैन। हामी नियन्त्रण गरेरै छोड्छौं ।’

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले राज्य प्रणालीलाई भ्रष्टाचाररहित बनाउन प्रयास भइरहेको बताए । मुलुकले शोषणरहित प्रजातन्त्रको बाटो समातेकाले राज्य प्रणालीलाई भ्रष्टाचाररहित बनाउन लागिएकाे बताए ।

“हामीले कम्प्रेहेन्सिभ डेमोक्रेसीको बाटो समातेका छौं । भ्रष्टाचाररहित, सुशासनको बाटो समातेका छौं,” प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने, “विकासको बाटो हामीले समातेका छौं । विकासमा प्रयासहरूमार्फत् समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा, यो सबै नेपालीहरूको आकांक्षा हो ।”

समृद्ध नेपाल, सुखी नेपाली परिकल्पनामात्र नभई आकांक्षा र मुलुकको उद्देश्य भएको दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077